ठूला पार्टीहरुको हालत लाजमर्दो

59

दाङ । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक एवं संघीय सांसद मेटमणि चौधरीले नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुबाट मुलुक चल्न नसक्ने बताएका छन्।

एकीकृत समाजवादीको घोराही नगर कमिटीद्वारा बिहीबार सोनपुर भकारेमा आयोजित तिहार मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले उक्त धारणा राखेका हुन्।

ठूला पार्टीहरुको हालत लाजमर्दो भएको बताउँदै उनले भने, ‘नेपाली जनतालाई शरणार्थी बनाएर अमेरिका बेच्ने, सरकारी जग्गालाई व्यक्तिको नाममा गराएर करोडौँ घुस खाने कसले गर्‍यो? विचार गर्नुस् त? सेटिङ मिलाएर देश लुट्ने, विचौलियाका पक्षमा खुलेआम भाषण गर्ने भनेपछि यस्ता व्यक्तिबाट मुलुकले केही आशा गर्ने कुरै हुँदैन।’

देशले काँचुली फेर्ने मौका पाएको बेला केपी ओलीले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाउँदै पूर्वमन्त्रीसमेत रहेका चौधरीले थपे, ‘नेकपालाई बचाउन सकेको भए, सरकार राम्रोसँग सञ्चालन गर्न केपी ओलीले सकेको भए आज यो मुलुक धेरै अगाडि बढिसक्थ्यो। जनतामा उत्साह हुन्थ्यो। कम्युनिष्ट हुनुमा गर्व हुन्थ्यो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here