काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आर्थिक वृद्धिदर सकारात्मक रुपमा अघि बढेको बताएका छन् । शनिवार कीर्तिपुरमा गरिएको पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले आर्थिक समृद्धिका लागि सरकारले लगातार प्रयत्न गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले अहिले आर्थिक संकट समाधानका लागि आफूले तिहार लगतै बृहत भेलाको आयोजना गर्न लागेको र त्यसबाट अर्थतन्त्रमा गुणात्मक पहल गर्न आउने नीति तथा कार्यक्रममा समावेश गरेर जाने बताए । उनले सरकारले गरेका राम काम जनतामा पु¥याउन आग्रह गर्दै २०८४ मा २०६४ कै जस्तो माओवादी बनाउनेगरी अगाडि बढ्न आग्रह गरे ।


















