विभिन्न धनमाल चोरी

38

ललितपुर । ललितपुर महानगरपालिका-१८ भैसेपाटी बिनायक कोलनी बस्ने कामेश्वर यादबको घरबाट नगद २ लाख रूपैयाँ, अमेरीकी डलर, भारतीय रुपैँया र विभिन्न सुनका गहना गरी करिब १६ लाख ८१ हजार ४ सय ८४ रुपैँया बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले मुल गेटको ताला फोडेर चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुंग्मतीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here