काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनसँग त्रस्त राज्य र प्रहरी प्रशासनले प्रदर्शनमा अवरोध गरिरहेको छ भने तीनकुने तथा भक्तपुरतर्फ आन्दोलनका लागि जान लागेका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिइरहेको छ।
व्यवसायी दुर्गा प्रसाईँले अगुवाइ गरेको ‘राष्ट्र बचाऔँ’ अभियानको दोस्रो दिन प्रदर्शनकारीहरु तीनकुने केन्द्रित आन्दोलन गर्ने भनी धमाधम भेला भइरहे पनि प्रहरीले अवरोध गरेको छ। उता दुर्गा प्रसाईँलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ भने उनले जसरी पनि तीनकुनेमै आन्दोलन गर्ने बताइरहेका छन्।
तीनकुनेबाट भक्तपुरतर्फ गइरहेका दुर्गा प्रसाईँ समर्थकलाई प्रहरीले रोकिरहेको छ तथा नियन्त्रणमा लिइरहेको छ।
सामाजिक सञ्जालमा भने आन्दोलन गर्न पाउने सामान्य अधिकारमा सरकारले अवरोध गरिरहेको भन्दै आलोचना भइरहेको छ।
बिहीबार दुर्गा प्रसाईँको आन्दोलन बल्खु केन्द्रित थियो भने शुक्रबारको आन्दोलन भने तीनकुने केन्द्रित रहने बताइएको छ।


















