एक्जियटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय

55

एक्जियटाले यस निर्णयबारे स्थानीय नियामकलाई जानकारी गराइसकेको छ। नेपालको आर्थिक अवस्था दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको एक्जियटाले नियामकलाई भनेको छ।

नेपालबाट बाहिरिने निर्णयले एक्जियटालाई थप मजबुत बनाउने र दीर्घकालीन रूपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

कम्पनी स्रोतका अनुसार एक्जियटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ।

हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत सेयर छ। एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले एक्जियटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here