प्रधानमन्त्री पुत्री गङ्गा दाहाललाई सेनाले सलामी दिएको भन्दै आपत्ति

44

काठमाडौं । सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री गङ्गा दाहाललाई नेपाली सेनाले सलामी दिएको भन्दै आपत्ति जनाएका छन्।

कोप सम्मेलनबाट फर्किने क्रममा आइतबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाले प्रधानमन्त्री दाहाललाई सलामी अर्पण गरेको थियो।

सलामीको बेला बीचमा प्रधानमन्त्री, दायाँ प्रधानसेनापति र बायाँ सेनाको सेकेन्ड म्यान उभिनुपर्छ। तर, आइतबार बायाँतिर सेनाको सेकेन्ड म्यान उभिनुपर्ने स्थानमा प्रधानमन्त्रीको स्वकीय सचिवकी हैसियतमा रहेकी छोरी गङ्गा उभएपछि सांसद सिहले प्रधानसेनापति प्रभुराम शर्मा समक्ष आपत्ति जनाएका हुन्।

प्रधानसेनापतिसँगको भेटपछि सिँहले भने, ‘हिजो एयरपोर्टमा प्रधानमन्त्री पुत्री गङ्गा दाहाललाई नेपाली सेनाले कुन हैसियतले सलामी दियो? प्रधानमन्त्री र नेपाली सेना प्रमुखले यसको स्पष्टीकरण दिनुपर्छ । यो देशमा गणतन्त्र छ कि हुकुमी राजतन्त्र ? नेपाल सेना हो कि दाहाल सेना हो?’ यसअघि पनि गङ्गाले औपचारिक कार्यक्रममा बाबु सरहको सम्मान लिने गर्दै आएकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here