कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र सम्वन्धी बनेको ऐनको बारेमा छलफल

40

काठमाडाैं । कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्रको सवालमा आयोगमा छलफल संविधानले व्यवस्था गरेको संवैधानिक आयोग आदिवासी जनजाति आयोगको ललितपुरको पुलल्चोकस्थित कार्यालयमा कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र सम्वन्धी बनेको ऐनको बारेमा छलफल कार्यक्रम सम्पन्न भयो ।

आयोगका अध्यक्ष रामबहादुर थापामगरको सभापतित्वमा भएको सो कार्यक्रममा ऐन कार्यान्वयनका लागि बनेको नियमावली राजपत्रमा प्रकाशित गरि कार्यान्वयन गर्ने बारेमा छलफल भएको थियो आयोगका सदस्य रिना राना, सचिव नरहरि खतिवडा, उप सचिव टेक प्रसदा पुलामी, कीर्तिपुर नगरपालिकाका प्रतिनिधि वडा नं. १० का वडा अध्यक्ष नरेश महर्जन, नियमावली मस्यौदा कार्यदलका संयोजक श्रीकृष्ण महर्जन, सदस्य सचिव अनुज प्रधान, सदस्यहरु अधिवक्ता नरेश श्रेष्ठ, विरेन्द्र शाक्य, उज्जल महर्जनका साथै कीर्तिपुरका स्थानीयवासी सरलगोपाल महर्जन, अर्जुन महर्जन, रामचन्द्र महर्जन लगातका सहभागी भएका थिए ।

नियमावली नगरपालिकाले पारित गरेको ९ महिना वितिसक्दा पनि राजपत्रमा प्रकाशित नभइरहेको र ऐन कार्यान्वयनको सवालमा ब्यापक छलफल पछि एक हप्ताभित्र कार्यदलसंग नगरपालिकाले छलफल गरी आवश्यक निर्णय गरी निमावली प्रमाणिकर गरी स्थानीय राजपत्रमा प्रकाशित गर्ने सहमती भएको थियो ।

कीर्तिपुर नगरपालिकाले यस अघि नै कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र सम्वन्धी बनेको ऐन पारित गरि राजपत्रमा प्रकाशित गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here