काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अभियान्ता ,शिक्षक, नेपाल भाषा अध्ययनरत विद्यार्थी र रत्न राज्यलक्ष्मीका क्याम्पस प्रशासनबीच बि.ए. तहमा भर्नाभएका विद्यार्थीहरुलाई अध्ययन गर्ने अधिकार बाट बञ्चित गरेकाे बिषयमा पत्रकारिता हलमा छलफल भएको छ ।
मंशिर २८ गते बिहिबार भएकाे कार्यक्रममा नेपाल भाषा अभियान्ता प्रशान्त डंगोलले रत्न राज्यलक्ष्मी क्याम्पसमा अरु विषयका विद्यार्थीहरुले अन्य विषयमा अध्ययन गरिरहदा नेपालभाषामा भर्ना भएका विद्यार्थीहरु टुलुटुलु हेरिरहनुपर्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राखे । सो छलफलमा नेपालभाषा शिक्षिका श्रीमिला सुवालले आफूले नेपालभाषा विषय बचाउनका लागि सुरुकाे शैक्षिक सत्र निःशुल्क अध्यापन गराएको अवगत गराउँदै आगामी दिनमा नेपालभाषा काेलागी अझै पनि भाेलियन्टर गर्न तयार रहेकाे ।
यस बर्षको नयाँ सत्रमा तीन जना विध्यार्थी भर्ना भएको अवगत गराउँदै देशको संविधान कानुन अनुसार मातृभाषाबाट अध्ययन गर्न पाउने जनाउँदै तथा नेपालभाषा विषय लिएर भर्ना हुने विध्यार्थी अझै रहेको जनाउँदै यथासिघ्र नेपालभाषा विषयको कक्षा सञ्चालन गराउनु पर्ने तथा बि.ए तहमा दरबन्दी शिक्षकको व्यवस्था गराउन जोडदार माग राखे नेवाः विध्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले जनाए ।
तीनजना नेपालभाषाका विध्यार्थीहरूले अध्यापनबाट बन्चित भएको बिषयलाई लिएर नेपालभाषा अभियान्ता अमर डंगोलले देशको कानून तथा सांविधान तथा प्रादेशिक स्तरमा नेपालभाषा र तामांग भाषा अहिले अनिवार्य रुपमा काम काजीको भाषाको भएको आधारमा एक जना मात्रै नेपालभाषा अध्ययन गर्ने भए पनि क्याम्पसले नाफा मात्रै कमाउने दृस्ठिकोण परिवर्तन गरि विध्यार्थीले पढ्न पाउने नैसर्गिक अधिकार काे रक्षा गर्नु पर्ने जनाए ।
बि.ए. तहमा नेपालभाषा बिषय मा भर्ना भएका सिजन महर्जनले विश्वमा नेपाल एक स्वतन्त्र राष्ट्र घाेषणा गर्न अहम याेगदान गरेकाे रञ्जनालिपिकाे संरक्षक नेपालभाषाकाे अध्ययन गर्ने उदेश्यले भर्ना भएकाे तर प्रशासनले पहिलाे गासमै ढुङ्गा चपाएकाे अनुभूति गराउँदा दु:ख लागेकाे र विद्यार्थीहरुको अध्ययन गर्न पाउनु पर्ने हक अधिकारको सवालमा क्याम्पस प्रशासन लचिलो हुनु पर्ने तथा साथ दिनु पर्ने जनाए ।
सो दिवा सत्रका क्याम्पसका सहायक प्रमुख राम कार्कीले बि.ए. नेपालभाषा विषयमा शिक्षकको माग आपफुहरुले बारबार त्रि.वि सित शिक्षक दरबन्दी माग गरेको भएता पनि कुनै जवाफ अहिले सम्म नआएको धारणा राखे ।
सो छलफल कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पस प्रमुख जीवन धर ज्ञवालीले सहभागी नेपालभाषा अभियान्ताहरुकाे याेगदानकाे प्रसंसा गर्दै केही प्रसाशनीक त्रुटिका कारण नेपालभाषा अध्यापन स्थगन भएकाे र पुस १ गतेदेखि पुन अध्यापन सुचारु हुने बाचा जनाए ।
सो छलफल कार्यक्रममा शिक्षक योगेन्द्र राज कर्णीकार, दिपना शर्मा लगायतले आ—आफ्नो धारणा राखे ।


















