प्रधानमन्त्री प्रचण्डका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

50

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ।

गजुरेलले गत मंसिरमा नै राजीनामा दिए पनि झन्डै १ महिनापछि स्वीकृत भएको हो। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार मंसिर २० गतेदेखि लागु हुनेगरी राजीनामा स्वीकृत भएको छ।

प्रधानमन्त्रीको मुख्य सल्लाहकारका रुपमा आफूले प्रस्ताव गरेका कार्यक्रम र योजनाहरु अगाडि बढ्न नसकेको भन्दै गजुरेलले राजीनामा बुझाएका थिए।

खास गरेर प्रधानमन्त्री प्रचण्डकी छोरी तथा स्वकीय सचिव समेत रहेकी गंगा दाहालले हरेक क्षेत्रमा हस्तक्षेप गर्ने गरेको भन्दै सचिवालयका सदस्यहरुले ‘काम गर्न’ समस्या रहने गरेको जनाउँदै आएका थिए।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालय ‘पुनर्गठन’ गर्न लागेको विषय पनि केही दिन अगाडि सार्वजनिक भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here