नेप्से परिसूचक सकारात्मक

30

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ को विन्दुमा कायम भएको छ ।

आइतबार ३१४ कम्पनीका एक करोड ६६ लाख पाँच हजार २३४ कित्ता सेयर ९४ हजार ५२६ पटक खरिद–बिक्री हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार ८०६ रुपैयाँबराबरको कारोबार भएको छ ।

होटेल तथा पर्यटन समूहको उपसूचक ०.०१ र व्यापार समूह ०.९४ अंकले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जनविद्युत् समूह ४.५८ र अन्य समूह २.७७ प्रतिशतले बढेको छ । जलविद्युत् समूहका पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, मध्यभोटेकोसी जनविद्युत् कम्पनी लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत् लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने मेगा म्युचुअल फन्ड–१ को सेयर मूल्य ९.५३ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here