काठमाडौं / पहिलो संस्करणको प्रतियोगितामा विजेतालाई कार र उपविजेतालाई स्कुटी पुरस्कार दिएपछि चर्चामा आएको सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन’को दोस्रो अडिसनमा १६ प्रतियोगी भिड्ने भएका छन् ।
काठमाडौंमा आयोजित पहिलो अडिसशनबाट १६ प्रतियोगी फाइनलका लागि छानिएका हुन् । ब्राइट इन्टरटेनमेन्टद्वारा आयोजित १६ देखि २६ वर्ष उमेर समूहका अविवाहित युवतीको सहभागिता रहेको अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईलगायत निर्णायक हुन। निर्णायक मण्डलले छनोट गरेका प्रतियोगीहरुलाई अब करिब एक महिना कोरियोग्राफर रोजिन शाक्यले क्याटवाक, खेलकुदसहित विभिन्न आत्मविकासबारे एक महिने प्रशिक्षण दिनेछन् । त्यसपछि प्रतियोगीहरु फाइनलमा
भिड्नेछन् ।
आयोजक संस्था ब्राइट ईन्टरटेन्मेन्टका अध्यक्ष तथा संगीकार समेत रहेका राईका अनुसार यसपटक पहिलो संस्करणमा भन्दा आकर्षक पुरस्कार राखिएका छ ।

















