काठमाडौं । नेपालका भेट्रान धावक धर्म महर्जनले जनवरी २१ मा हुने टाटा मुम्बई म्याराथनमा दौड्ने भएका छन् । प्रतियोगितामा भाग लिन उनी शुक्रबार भारतको मुम्बई जाने छन् ।
उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार बिदाइ गरे । धर्मले ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
उनलाई त्रिशक्ति सिमेन्टले प्रायोजन गरेको छ । त्रिशक्तिका मार्केटिङ म्यानेजर किशन चरणले धावक धर्मलाई तत्काल आंशिक प्रायोजन गरेको बताउँदै राम्रो नतिजा हासिल गरे थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।
धर्मले विश्वका प्रसिद्ध रहेका बोस्टन, बर्लिन, लन्डन र टोकियो म्याराथनमा सहभागिता जनाइसकेका छन् । विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाइसकेका उनले जापानको किताकामीमा सन् २०१४ मा भएको १८ औं एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटरमा भने कांस्य पदक जितेका थिए ।


















