गजल

51
सर्दासर्दै मूलगाँठो सरिगयो जिन्दगीको
एकएक गर्दै ईच्छा मरिगयो जिन्दगीको ।।१।।

बज्रस्वाँठको भीडबाट सकिएन उम्किन

मूर्खै बुध्दि गिदीमा भरिगयो जिन्दगीको ।।२।।
हजार सपना सय भयो आँखिरमा शून्य
उन्नतिको कल्पना तरिगयो जिन्दगीको ।।३।।
उठ्दा बस्दा संगत उही कुवाको पिंधमा
फुल्नै नपाई कोपिला झरिगयो जिन्दगीको ।।४।।
नरकको माझमा बसी स्वर्ग देख्ने रहरले
तुल्सीमठमा कन्टकारी छरिगयो जिन्दगीको ।।५।।
बाबुकाजी सुवाल ‘विकेश निराशी’
२०८० माघ १९ गते शुक्रबार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here