पत्रकार महासंघका अध्यक्ष पोख्रेल र कतारस्थित नेपाली राजदूत ढकालबीच भेट

42

दोहा । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले कतारस्थित नेपाली राजदूतावासका राजदूत डा. नरेशविक्रम ढकालसँग भेट गर्नुभएको छ।

अध्यक्ष पोख्रेल र नियोग प्रमुख ढकालबिच बिहीबार भेटवार्ता भएको हो। भेटमा अध्यक्ष पोख्रेलको साथमा महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्ले सहभागी हुनुहुन्थ्यो।

भेटमा अध्यक्ष पोख्रेलले कतारको विकासका बारेमा नेपाल सरकारलाई सुझाव दिन अनुरोध गर्नुभयो। नियोग प्रमुख ढकालले अध्यक्ष पोख्रेलको सुझावलाई आत्मसात गर्दै छिट्टै हुने कतारका राजा अमिर शेख तमिमको नेपाल भ्रमण सफलताको अपेक्षा गर्नुभयो।

भेटमा कतारमा रहेका नेपाली श्रमिकको विषयमासमेत छलफल भएको छ। कतार शाखाका अध्यक्ष करिम बक्स मियाले केन्द्रीय अध्यक्ष पोख्रेल र सदस्य काफ्लेको कतार भ्रमण बारे जानकारी गराउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here