एजेन्सी । जाडोमा छाला सुख्खा देखिन थाल्छ । यस्तोमा छालाका विभिन्न समस्याबाट राहत पाउन ग्लिसरीनको प्रयोग गर्न सकिन्छ । यो छालाका लागि एकदमै फाइदाजनक हुन्छ ।
ग्लिसरीनलाई फेस सीरम, मोइस्चराइज तथा स्क्रबको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । यस्तोमा छाला मोइस्चराइज गर्नका लागि एलोवेरा जेल र गुलाब जलसँग ग्लिसरीन राम्रोसँग मिसाएर लगाउन सक्नुहुन्छ ।
ग्लिसरीनमा एकदमै धेरै एन्टीएजिंग गुण पाइन्छन् जसले रुखो र सुख्खा छाला मुलायम बनाउने काम गर्छ ।
साथमा यसले छालामा आएका चाउरीपनालाई पनि कम गर्छ । उमेर बढ्दै जाँदा आउने काला दाग पनि कम गर्छ ।
ग्लिसरीनले छालालाई भित्रैदेखि एक्सफोलिएट गर्छ । यसबाहेक छालाका पोर्स पनि बन्द हुन्छन् । यसले अनुहारमा डन्डीफोर आउन पनि कम गर्छ ।
ग्लिसरीनले छाला घामले जलेको पनि कम हुन्छ जसले छालामा निखार आउँछ । यसले युवी किरणबाट हुने नोक्सान पनि कम गर्छ ।
ग्लिसरीनलाई ओंठमा लगाउँदा ओंठको सुख्खापन कम हुन्छ र ओंठको कालोपन पनि कम हुँदै जान्छ ।


















