सैनिक मञ्च टुँडिखेलमा पत्रकारलाई छिर्न दिएन

42

काठमाडौं ।आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको भएपनि पत्रकारहरुलाई प्रवेश दिइएको छैन। पत्रकारहरुलाई प्रवेश नदिएसँगै पत्रकारहरुले बिरोधस्वरुप क्यामेरा डाउन गरेका छन्। सूचना तथा प्रशारण प्रेस कार्ड हुनेहरुलाई पनि प्रवेश नदिएपछि पत्रकारहरुले विरोध जनाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here