ललितपुर । त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पसमा इतिहास तथा बौद्ध अध्ययन विभाग अन्तर्गत बौद्ध अध्ययन विषय अध्ययनरत् १ जना उत्कृष्ट छात्रालाई दिवंगत भिक्षु ज्ञानपूर्णिक महास्थविर पु्रस्कार सहित १० जना छात्र–छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ।
विभागकी प्रमुख डा. जुनु मैँया बासुकला रञ्जितकारको सभापतित्वमा नेपालभाषा केन्द्रीय विभागको सभाकक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख डा. लक्ष्मण सिंह कुँवर र विशेष अतिथि छोग्याल रिम्पोछेबाट पु्रस्कार तथा छात्रवृत्ति प्रदान गरिएको हो।
भिक्षु र लामा गुरुहरुबाट बुद्ध वचन र मंगल पाठ गरेर शुरु गरिएको कार्यक्रममा रिम्पोछे छोग्यालबाट प्रवचन पनि गरिएको थियो। कार्यक्रम विभागकी अध्यापिका ललिता धाख्वाले सञ्चालन गर्नुभएको थियो।
विभागले प्रत्येक वर्ष यसरी नै पुरस्कार तथा छात्रवृत्ति दिँदै आएको छ। यसवर्ष उत्कृष्ट छात्राका रुपमा रेजना श्रेष्ठ शाक्यले पुरस्कार पाएकी छन्।


















