विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम

25

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिने अल्टिमेटम दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको हो।

शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था भएकोले सो व्यवस्था बमोजिम विद्यालयको नामकरण गर्न समेत सूचनामा भनिएको छ।

महानगरपालिका अन्तर्गतको शिक्षा विभागद्वारा जारी सूचनामा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नका लागि प्रक्रिया अघि बढाई एक महिना भित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्न सबै निजी विद्यालयहरुलाई अनुरोध गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here