काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगी प्रकरणको छानबिनगर्न संसदीय छानबिन समिति बनाउनुपर्नेतर्फ संकेत गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले कुनै पनि प्रकरणमा प्रतिपक्षले छानबिन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको जनाए ।
उनले संसद्मा प्रतिपक्षले उठाएका कुराहरु सुनिनुपर्ने बताउँदै सत्तापक्षले जबरजस्त रुपमा संसद् चलाउन नहुने धारणा राखे। सांसद पाण्डेले संसदीय समिति बनेमा आरोप लागेको मन्त्रीले आफू चोखिने अवसर पाउने पनि बताए। उनले भने, ‘जबरजस्ती पदमा बस्न खोज्नुले बद्मासी छ भनेर शंका गर्ने ठाउँ छ।’
प्रमुख प्रतिपक्षले हाम्रो कुरा सुनियोस्। यो निर्णय गरियोस् भनेर आवाज उठाइसकेपछि सत्तापक्षले सुन्नुपर्ने उल्लेख गर्दै उनले सत्तापक्षले जबरजस्ती गरेर हाउस चलाउँछु भनेर काम नलाग्ने जनाए ।
सांसद पाण्डेले सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतंक सिर्जना भएको पनि जनाए ।

















