निःशुल्क मोतिबिन्दुको शल्यकृया सुरू

61

कीर्तिपुर । कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा. लि. ले बैशाख १५ गते शनिवारबाट निःशुल्क मोतिबिन्दुको शल्यकृया सुरू भएकाे छ ।

नि:शुल्क सल्यक्रियाकाे पहिलाे दिन हिजाे  ९ जना लाभान्वित भएकाे छ ।  फेको प्रविधि ( मेशिन ) बाट ८ जना मोतिबिन्दु र १ जना आँखामा मासु पलाउने रोग गरी जम्मा ९ जना को निःशुल्क सल्यक्रिया गरिएकाे थियाे ।

मित्रराष्ट्र इटालियन र कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रको आर्थिक सहयोग र कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रमबाट  मोतिबिन्दु , आँखामा मासु पलाउने रोगको पहिचान गरी निःशुल्क सल्यक्रिया गरिएकाे थियाे ।

कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा.लि. काे निजि भवन   बाहिरीगाउँमा भईरहेकाेले निःशुल्क चश्मा वितरण समेत गरिरहेकाले  चश्मा लिन बाँकीले चश्मा लिन आउन हुन आँखा विज्ञ राजेन्द्र महर्जनले जानकारी दिए। थप जानकारीका लागि नं. ४-३३११८२, तथा माेबाइल नं. ९८४१-२९०९७१ सम्पर्क गर्न सकिने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here