काठमाडौं । इलाम–२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार र कांग्रेसका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ ।
मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले भन्दा रास्वपाका उम्मेदवार मिलन लिम्बुले कम मत ल्याएका छन् । डकेन्द्रले ३१३ मत पाउँदा मिलनले २११ मत पाएर चौथो स्थान हासिल गरेका छन् । यस्तै हालसम्म २ हजार ८०६ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार धनराज राना मगरले शून्य मतमात्रै पाएका छन् ।
यसैगरी राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङले ६, जनमत पार्टीका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ५ मत पाउँदा एकीकृत समाजवादीका जीत बहादुर राईले ६ मत पाएका छन् ।


















