दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई बढावा दिइने

27
अर्थमन्त्री पुन – बजेट प्रस्तुत काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री वर्षमान पुन सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । सरकारले सामुदायिक विद्यालयको १ देखि ५ कक्षासम्म प्रदान गर्दै आएको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई बढावा दिने भएको छ।

अर्थमन्त्री  वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमका लागि सरकारले ८ अर्ब ३९ करोड विनियोजन गरेको जनाएका छन्।

सरकारले कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु र डोल्पा र कालिकोट जिल्लामा प्रदान गर्दै आएको दिवा खाजा कार्यक्रमको रकम समेत बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here