प्रधानमन्त्री छोरी कार्यक्रमको लागि १० करोड बजेट विनियोजन

26
अर्थमन्त्री पुन – बजेट प्रस्तुत काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री वर्षमान पुन सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । सरकारले प्रधानमन्त्री छोरी कार्यक्रमको लागि १० करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि बजेट विनियोजन गरेको जनाए।

यसका साथै आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रुपमा मनाइने समेत उनले घोषणा गरे। उनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रुपमा मनाउने घोषणा गरे।

‘महिला बिरुद्ध हुने हिंसा, शोषण र भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको सृजना गरिनेछ। आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाइने छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here