सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बीच अन्तरआवद्धता कायम गर्ने घोषणा

26
अर्थमन्त्री पुन – बजेट प्रस्तुत काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री वर्षमान पुन सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बीच अन्तरआवद्धता कायम गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री  वर्षमान पुनले आर्थिक वर्ष २०८/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै एकीकृत सामाजिक सुरक्षाको अवधारणा अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बीच अन्तरआवद्धता कायम गरी कोषमा आवद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष मार्फत हुने व्यवस्था मिलाइने बताएका हुन्।

यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गरी  अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई क्रमश सामाजिक सुरक्षा कोषमा आवद्ध गर्दै लगिने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here