पाकिस्तानमाथि अमेरिकाकाे ‘अविश्वसनिय’ जित

26

काठमाडाैं । टी-२० विश्वकप क्रिकेटमा घरेलु टोली अमेरिकाले पाकिस्तानमाथि सुपरओभरमा ‘अविश्वसनिय’ जित हासिल गरेको छ। आफ्नो पहिलो सहभागितामानै उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले पाकिस्तान विरुद्धको पहिलो भेटनै सम्झनलायक बनायो। जितसँगै अमेरिकाले समूहमा ४ अङ्क बनाएर शीर्ष स्थानमा उक्लिएको छ।

अमेरिका विरुद्ध पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै १ सय ५९ रन बनाएको थियो। जवाफमा अमेरिकाले पनि १ सय ५९ रननै बनाएपछि खेल सुपर ओभरमा धकेलियो।

सुपर ओभरमा अमेरिकाले पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो। पाकिस्तानका बलर मोहम्मद अमिरले ३ वाइड फाल्दै ७ रन दिंदा पाकिस्तानले उच्च लक्ष्य पायो। जवाफमा पाकिस्तान १३ रनमा समेटिन पुग्दा अमेरिकाले सुपर ओभरमा रोमाञ्चक जितसँगै लगातार दोस्रो जित सहित सुपर आठको सम्भावना बलियो बनायो। समूह ‘ए’ मा अमेरिकाले आफ्नो पहिलो खलमा क्यानडालाई हराएको थियो।

अमेरिकाको डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो। उसका लागि कप्तान बाबर अजामले ४४ रन बनाउँदा सादब खानले ४० रन बनाए। त्यस्तै इफ्तिखर अहमेदले १८ रन बनाउँदा सहिन साहा अफ्रिदीले २३ रनमा अविजित रहे। अमेरिकाका लागि नोस्थुस केन्जिङ्गेले ३ विकेट लिंदा सौरभ नेत्रभल्करले २ विकेट लिए।

१ सय ६० रनको लक्ष्य लिएर मैदान उत्रिएको अमेरिका पनि निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५९ रनमा समेटिएको थियो। उसका लागि कप्तान मोनान्क पटेलले ५० रन बनाउँदा एरोन जोनेसले ३६ रन बनायो। त्यस्तै आन्द्रेस गौउसले ३५ रन बनाउँदा स्टेभन टेलरले १२ रन बनाए। त्यस्तै नितिश कुमार १४ रनमा नटआउट रहे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here