काठमाडौं । प्रेम विवाह गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले दुई जना छोरीको हत्या गरेका छन् ।
पाकिस्तानको पञ्जाब प्रान्तको वेहारी जिल्लामा सियाद हुसेन धादी नाम गरेका मानिसले प्रेम विवाह गरेको भन्दै दुई छोरीको हत्या गरेका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
हत्या हुनेमा निशत र अफशान रहेको जनाइएको छ । धादीले आफ्ना छोरा असिम, र अरु आफन्तहरू अदनान, अफशाल र रियाजको सहयोगमा छोरीको हत्या गरेका हुन् ।
प्रहरी घटनास्थल पुग्दा त्यहाँ निशत र अफशानको शव रगतले लत्पतिएको अवस्थामा फेला परेको जनाइएको छ ।
स्थानीय स्रोतलाई उद्धृत गर्दै डनले उल्लेख गरेअनुसार दुई दिदीबहिनीले घरबाट भागेर आफ्नै मर्जीमा बिहे गरेका थिए ।

















