काठमाडाैं । सामसङ नेपालले ग्यालेक्सी एम३५ फाइभजी बजारमा ल्याएको छ।
फोनमा ६.६ इन्च एफएचडी प्लस १२० एचजेटको सुपर अमोलेड डिस्प्ले छ। त्यस्तै भर्सटाइल क्यामरा सेटअप रहेको कम्पनीले जनाएको छ। यसमा अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस), ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा र २ मेगापिक्सलको म्याक्रो क्यामराका साथ ५० मेगापिक्सलको मुख्य क्यामरा छ। यसको अगाडि १३ मेगापिक्सलको क्यामरा छ।
यसका अतिरिक्त डलबी अटमस सपोर्ट, फिंगरप्रिन्ट रिडर, वाइफाइ ६ (एएक्स), ब्लुटुथ ५.३ र यूएसबी–सी (यूएसबी २.०)लाई सपोर्ट गर्छ। यसले २५ वाटको वायर्ड चार्जिङलाई पनि सपोर्ट गर्छ।
गाढा निलो, खैरो र हल्का निलो तीन मनमोहक रंगहरूमा यो फोन उपलब्ध छ। यसअनुसार ८ प्लस २५६जीबी भेरियन्टको मूल्य ४४ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
फोन नेपालका सबै सामसङका अधिकृत आउटलेटमा किस्तामा पनि किन्न सकिन्छ।
















