बहुमतले दुई विधेयक स्वीकृत

31

काठमाडौं ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ।

सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।

यस्तै मंगलबारको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ स्वीकृत गरेको छ। सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बहुमतले स्वीकृत भएको हो।

बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here