देशभर साधरणतयादेखि पूर्णतया बदली

37

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधरणतयादेखि पूर्णतया बदली रहेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थान तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सभ्भावना रहेको छ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ ।

सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here