नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने

39

काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा तय गरेको वार्षिक लक्ष्य अनुसार यही साउनदेखि नै आन्तरिक ऋण उठाउन थालेको हो ।

सोही क्रममा नेपाल राष्ट्र बैङ्कले सरकारको १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले ११ वर्षे विकास ऋणपत्र २०९२ बिक्री गर्ने भएको हो ।

उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ ।

बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् ।साउन १६ गतेका दिन बोलकबोल हुने ऋणपत्र साउन १७ गते निष्कासन गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here