यतिको जहाज पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाको लापरबाहीले भएको खुलासा

56

काठमाडौं ।  यति एयरलाइन्सको जहाजको दुर्घटना पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाको असावधानी र लापरबाहीले भएको खुलेकाे छ ।

छानबिन समितिले २०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना अघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक गरेकाे छ ।  ककपिटमा भएको साे कुराकानीले दुर्घटनाकाे कारण झनै स्पष्ट भएकाे हाे ।

काठमाडौंबाट १० बजेर ३२ मिनेटमा उडेको विमान १०ः५० मिनेटमा अन्तिम पटक टावरसँग सम्पर्कमा आएपछि दुर्घटनामा परेको थियो । उक्त एटीआर जहाज पाइलट कमल र कोपाइलट अन्जुले उडाएका थिए ।

सार्वजनिक भएको ककपिट भ्वाइस रेकडर्स सीभीआरएको अडिओ अनुसार कोपाइलट अन्जुलाई पाइलट  कमलले विमान अवतरणअघि प्रशिक्षण दिइरहेको थिए ।

यस्ताे छ दुर्घटनाअघि पाइलट र कोपाइलटबीच भएकाे कुराकानीः

पाइलटः अहिले हामी वान जिरो डेभिड सिक्स फाइभ । अहिले फाइभ थ्री भएपनि टेरेन (डाँडा) आउँदैन रछ । हामी सिक्स फाइभ धेरै माथि पो रहेछौं त पहिला । अब हेयरिङ मोड तिर जाऔं अलिक राइट तिर बस यसले ठिक लादैन राइट हेरियङ थीवानजिरो हेयरिङ ।

कोपाइलटः हजुर ।

पाइलटः वानवानफाइभ छ । त्यहाँ त्यसमा चाँही बल्ल सेटल हुन्छ रनवे वानटु जिरो चाँही वानवानफाइभमा सेटल हुन्छ ।

कोपाइलटः ए..ए..

पाइलटः झर्दै जाउँ फोरवान सम्म झरेहुन्छ । अनि पहिला पुरानो पासमा पार है सानो ठाउँमा ।

कोपाइलटः ए.. हुन्छ हुन्छ ।

पाइलटः तिमी जेट स्ट्रिममा हुँदा त गरेको हो त सबै ।

कोपाइलटः हो हो.. गरेको हो ।

पाइलटः त्यो पासमा थ्री थाउजेण्ड फाइभ हन्ड्रेजजति झर्ने फ्लाप्ससहित लिएर है । उ त्याँ रनवे भिजुवल छ । अझै राइटमा बस राइट ह्या्ड डाउन, ए लेफ्ट ह्याण्ड डाउन ।

पाइलटः पुरानो एयरपोर्टमा बेस बनाउ है ।

कोपाइलटः बेस बनाउनु परो ?

पाइलटः हजुर, टु टुलाई बेस बनाएर भीओआर हेर ।

कोपाइलटः अँ । भिजुअल..

पाइलटः त्यसपछि कन्टिन्यू टर्नको टर्न नै गर है ।

पाइलटः फोर फाइभ, १७० स्पिड ठिकै छ ।

कोपाइलटः हजुर ।

पाइलटः अ ठ्याक्क त्यो डाँडामा ।

कोपाइलटः ओके ।

पाइलटः धेरै जनालाई गराइसकेँ । कम्फर्टेबल नै छ त्यस्तो अनकम्फर्टेबल छैन । बिहान मात्र हो अर्लि मर्निङमा चाँही डाइरेक्ट आँखामा घाम आउँछ अनि मिस्ट (तुँवालो) हुन्छ । त्यतिले मात्र हो ।

कोपाइलटः अब यो ५ माइल्स बाट चाँही झर्ने । होइन त अब ?

पाइलटः ओके । डाउन टू थ्री थाउजेन्ड । फाइनलमा चाहीँ थ्री थाउजेन्डमा ठिक्क हुन्छ ।

(टावरसँग पाइलटले विमान अवतरणका लागि सम्पर्क गर्छन्)

पाइलटः पोखरा एति एयरलाइन्स सिक्सनाइनवान । ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रन वे वानटु ।

(ल्यान्डिङ गर्न अनुमति प्राप्त भएको अस्पष्ट कुराकानी)

पाइलटः त्यो दुईवटा डाँडाको बीचमा ल्याउँ है । थ्री फाइभ मात्र र धेरै तल पनि नजाउ । धेरै टेरेन आएको आइगर्छ । त्यो रेडियो नेपालको टावर याद गरेको थिएन होला उ त्यो चाँही हो त्यो ठूलो । डाँडाको अलि यता । धेरै लङ बनाउन खोज्यौं भने त्यो टावर तिर पुग्छ नि फेरि । त्यता जानु हुँदैन ।

पाइलटः ओके अब डाउन ।

कोपाइलटः अब म्यानुअल लिने हो सर ?

पाइलटः ए पर्दैन । एकछिन ठिकै छ । सिधा गइन्जेल पर्दैन । त्यसपछि लास्टमा चाँही म्यानुअल ।

केही सेकेन्डपछि ।

पाइलटः ल अब यहाँबाट चाँही म्यानुअल लिए हुन्छ ।

(ककपिटमा टुँ‘टुँ.. आवाज आउँछ ।)

कोपाइलटः ओके ।

पाइलटः फ्ल्यास लिभर वान फिफ्टी । फ्लाप्स थर्टी झर्दै जाउँ है ।

पाइलटः रेडि फर ल्यान्डिङ । ल्यान्डिङ गियर‘

कोपाइलटः डाउन ।

पाइलटः फ्लाप्स

कोपाइलटः थर्टी ।

पाइलटः ट्रान्समिसन

कोपाइलटः टेकअफ

(अस्पष्ट निर्देशन र जवाफ)

पाइटलः एक्सटर्नल लाइट ।

कोपाइलटः अन ।

कोपाइलटः के आयो ?

पाइटलः हेर ।

कोपाइलटः एयर लिफ्ट भनेर आइरहेको छ ।

(ककपिटमा जहाजको उचाइ संकेत ध्वनी बज्छ ।)

कोपाइटलः कन्टिन्यु टर्न होइन ?

पाइटलः हो ।

पाइलटः यो नयाँ एयरपोर्ट पट्टी अलिक तलै ।

कोपाइलटः तलै जानु परो ?

पाइलटः होइन होइन तल होइन । यो यत्तिकै ठिक छ पावर हाल है ।

कोपाइलट (आत्तिँदै) : पावरै आएन । (झन् डराउँदै) पावरै आएन त ।

(रनवे वानटुमा ल्यान्ड गर्न एटीसीको संकेत)

पाइलटः पावर.. अगाडि हाल्नु परो नि !

कोपाइलट (डराउँदै) : आएन सर, टर्क नै आएन के सर ।

पाइलटः यता जाउ त ।

कोपाइलटः यो डुअल ल्यान्डिङ है सर ।

पाइलटः हँ ।

कोपाइलटः टर्क नै आएन के सर । यो आउनुपर्ने नि त टर्क यतातिर के सर । ओके..

पाइलटः के भयो ?

(जहाजमा खतराको संकेत टुँ..टुँ..टुँ..टुँ’ आवाज आउँछ )

आकककक (कोपाइलट चिच्याएको आवाज आउँछ)

त्यसपछि विमान सेती नदी खोँचको डिलमा खस्छ र दुर्घटना हुन्छ । यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाजकाे साे  दुर्घटनामा परि ७२ जनाको मृत्यु भएकाे थियाे ।

यस्तो छ यति एयरलाइन्सको जहाजको दुर्घटना अघिको कुराकानी (अडियाे)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here