आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

27

काठमाडाैं  । काठमाडौं महानगरपालिका-१६ म्हैपी जनमार्गस्थित पर्सा वीरगंज घर भएका ३५ वर्षीय अब्दुल कलामको कपडा सिउने गार्मेन्ट र भारत घर भएका ईस्तिहार आलमको खाजा पसलमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा दुबै जनाको पसल, कपडा, कपडा सिलाउने मेसिन, फर्निचर लगायतका सामानहरू जलेर करिब २६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल भुमिस्थली बस्ने ओखलढुङगा लिखु गाउँपालिका-४ घर भएका ५९ वर्षीय बुद्धि बहादुर कार्कीको मनकामना उन कारखानामा शुक्रबार दिउँसो आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ थापागाँउ बस्ने टेक बहादुर बिकको कच्ची घरमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको लत्ताकपडा, भाँडावर्तन, अन्नपात लगायतका सरसामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here