काठमाडौं । बारा, कोल्हबी नगरपालिका-१ बभनी स्कुल टोल बस्ने ४० वर्षीय गोबिन्द चौधरीको घर नजिकै रहेको जमुनी नदीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
नदीमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि स्थानीय तामागढी अस्पताल हुँदै प्रादेशिक अस्पताल कलैया पठाएकोमा थप उपचारको क्रममा उनको मृत्यु भएको हो ।
रूपन्देही, सैनामैना नगरपालिका-१ चेथरी बस्ने पुष्पा गैरेकी छोरी १४ महिनाकी प्रिन्सा गैरेको बाथरूममा रहेको पानी भरिएको बाल्टीमा डुबेर मंगलबार राति मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















