बारा । जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा ६२ किलोग्राम मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना १ ज ८४५८ नम्बरको हाइसलाई जाँच गर्न खोज्दा हाइसबाट ४ वटा पोका फाली हाइस फरार भएपश्चात पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद भएको हो ।
साथै हाइसको पिछा गर्ने क्रममा घटनास्थलबाट केही पर चालक विहीन अवस्थामा प्रहरीले उक्त हाइस समेत नियन्त्रणमा लिएको छ । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथ यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















