रुसमा क्षेत्रीय सङ्कटकाल घोषणा

22

एजेन्सी । रुसले बेलगोरोड क्षेत्रमा बढ्दो युक्रेनी गतिविधिका कारण उत्पन्न भएको असहज अवस्थालाई मध्यनजर गर्दै  क्षेत्रीय सङ्कटकाल घोषणा गरेको छ।

अधिकारीहरूले आपतकालीन स्थितिलाई सङ्घीय स्तरमासमेत बढाउने विचार गरिरहेको छन्,त्यस क्षेत्रका सङ्कटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ ग्लेडकोभले बुधबार टेलिग्राममार्फत जानकारी दिएका हुन् ।

उनका अनुसार द्विपक्षीय द्वन्द्वका कारण बेलगोरोड क्षेत्रको अवस्था अत्यन्त तनावपूर्ण रहेको छ। युक्रेनी सशस्त्र बलले निरन्तर गोलाबारी गर्दा त्यस क्षेत्रका घरहरू ध्वस्त हुनुका साथैै नागरिकको मृत्यु तथा घाइते भएका छन्।

जनतालाई थप सुरक्षा प्रदान गरी प्रभावितहरूलाई थप सहयोग प्रदान गर्न आजदेखि सम्पूर्ण बेलगोरोड क्षेत्रमा सङ्कटकालिन अवस्था घोषणा गरिएको छ, टेलिग्राममार्फत् जारी विज्ञप्तिमा उनले भनेका छन्।

क्षेत्रीय सरकारले सङ्घीय स्तरमा सङ्कटको घोषणाका लागि अनुरोध गर्न सङ्घीय आयोग समक्ष चाँडै अपिल गर्ने तयारीसमेत गरिरहेको गभर्नर ग्लेडकोभले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here