काठमाडौं । पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले ईपीएसमार्फत कोरिया जाने श्रमिकको टिकटको नाममा ठगी भइरहेको जनाएका छन् ।
‘४ देखि ५०० डलरमा पठाउन सकिन्छ । तर अहिले ८९५ डलर तिरेर श्रमिक जान बाध्य छन्। यसले वार्षिक ११५ करोड रुपैयाँ श्रमिकको रकम अपचलन भइरहेको छ,’ अर्यालले भने ।
सरकारले कोरियन सरकारले नै सिधा उडान मार्फत मात्रै कामदार लैजानुपर्ने सर्त राखेको जनाइएको छ । जसले गर्दा हरेक वर्ष कोरियन एयरलाइन्सले ईपीएस मार्फत कोरिया जाने श्रमिकलाई लैजाने गरेको छ ।
तर, अर्यालले भने कोरियाले त्यस्तो कुनै सर्त नराखेको बताए । कोरियासँग कोभिडपछि गरिएको सहमतिमा बिहान ११ बजेभन्दा अगाडि कोरिया आइपुग्ने गरी कामदार पठाउन अनुरोध गरिएको उनले जनाए ।
‘यही एयरलाइन्सबाट मात्रै ल्याउनुपर्ने भन्ने कहीँ सम्झौता छैन । कोरियाले बिहान ११ बजेअघि नै कामदार आइदियो भने सजिलो हुन्छ भन्ने मात्रै रहेछ । त्यो बाहेक केही छैन,’ उनले भने ।


















