राजदूतावासले नयाँ शैक्षिकमा अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सुझाव दिएको हो। दूतावासले क्यानडा बसाइँ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्याएर तयारी गर्न अनुरोध गरेको छ।
दूतावासले वैशाख १७ मा जारी गरेको जानकारी मूलक सूचना राम्ररी अध्ययनगरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने बताएको छ।
आफूले अध्ययन गर्ने अध्ययन गर्ने विषय, कलेज, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्या व्यहोर्नुपर्ने उल्लेख गरेको छ।
यस्तै, गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ।


















