कांग्रेसकाे किसान महासङ्घमा थपिए ५१ सदस्य

21

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासङ्घमा ५१ सदस्य मनोनित गरिएको छ ।

पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा आज ५१ जनालाई मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सभापति देउवाले यसअघि उक्त तदर्थ कार्यसमितिमा दुई सय ३३ सदस्य थप गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here