डेङ्गीबाट दुई जनाको ज्यान गयाे

31

झापा  ।  झापामा डेङ्गी सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार डेङ्गीबाट हल्दिबारी–३ की ४२ वर्षीया महिला र बिर्तामोड–४ का आठ वर्षीय बालककाे ज्यान गएको हो ।

झापामा साउन १ गतेयता डेङ्गी सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगेको छ । यही अवधिमा कोशी प्रदेशमा डेङ्गीबाट एक हजार ६५ जना सङ्क्रमित भएका छन् । सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ ।

ताप्लेजुङमा भने डेङ्गीको एक जना पनि सङ्क्रमित पाइएको छैन । गएको वैशाखदेखि नै कोशी प्रदेशका धेरै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिन थालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here