विभिन्न स्थानमा डुबेर मृत्यु

51

काठमाडौं । बाँके, डुडुवा गाउँपालिका-२ बेतहनी बस्ने १९ वर्षीय सन्दिप खटिकको सोही ठाउँस्थित डुडुवा खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

पर्सा, जगरनाथपुर गाउँपालिका-५ मसियानीस्थित सिर्सिया खोलामा डुबेर २ जनाको आइतबार दिउँसो मृत्यु भएको छ । खोलामा डुबेर सोही गाउँपालिका-५ मसियानी मामा घर बस्ने भारत बिहार बन्कटवा घर भएका अनरजित पटेलको छोरा ८ वर्षीय अभिषेक पटेल र भारत बिहार सिक्ता घर भएका बृजेश ठाकुरको छोरा १० वर्षीय गुल्सन ठाकुरको मृत्यु भएको हो ।

सर्लाही, हरिवन नगरपालिका-५ किरिङ्ग टोलस्थित नहरमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने जनिफ मंसुरको छोरा १४ वर्षीय सहमद मंसुरको आइतबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here