काठमाडाैं । गुडलाइफले आफ्नो नवीनतम् नवाचार ‘कफी गम’ बजारमा ल्याएको छ ।
यो कफी गम क्यापाचिनो र अमेरिकानो मन पराउनेहरूका लागि आकर्षक हुने कम्पनीको दाबी छ ।
कफी गम विशेष गरेर चुइँगम रहेको जनाउँदै कम्पनीले जसको केन्द्रमा वास्तविक कफीको तरल पदार्थ रहेको जनाएको छ।
यो उत्पादन कफीप्रेमी र चुइँगम प्रेमीहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । ‘जसले कपको आवश्यकताबिना नै कफीको चाहना पूरा गर्ने रमाइलो तरिका प्रदान गर्दछ।
वास्तविक तरल कफी भएको कफी गम क्यापुचिनो र अमेरिकानो मन पराउनेहरूका लागि विशेष रूपमा सान्दर्भिक छ,’ कम्पनीले भनेको छ ।
कम्पनीका अनुसार प्रत्येक प्याकेटमा १५० वटा गम समावेश छन् । हरेक गमको मूल्य बढीमा २ रुपैयाँ ५० पैसा पर्ने उल्लेख गरिएको छ ।
‘कफी गम युवा कफी प्रेमीहरूलाई लक्षित गरेर बनाइएको छ । यसले बजारमा एक सनसनीपूर्ण वातावरण बनाउनेमा हामी विश्वस्त छौं,’ गुडलाइफका निर्देशक आशिष जाजुले जानकारी गराए ।

















