धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको अन्तरर्वार्ता  स्थगन

19

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि बोलाइएको अन्तरर्वार्ता  फेरि स्थगन  भएको छ।

अध्यक्ष नियुक्तिका लागि सर्ट लिस्टमा परेका  तीन जना उम्मेदवारलाई शुक्रबार अर्थमन्त्रालयमा अन्तर्वार्ताका लागि बोलाइएको थियो।

तीनजना मध्ये धितोपत्र बोर्डकै कर्मचारी डा.नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका सिइओ कृष्ण कार्की अन्तर्वार्तामा पुगे। पौने ८ बजे अन्तर्वार्तामा पुगेका ती दुई जनाले निकै लामो समयसम्म अन्तर्वार्ताका लागि पर्खेर बसे।

झण्डै ११ बजे अर्को सुचना जारी नभएसम्मका लागि अन्तर्वार्ता स्थगित गरेको सुचना पाएपछि ती उम्मेदवार फर्केको अर्थमन्त्रालय स्रोतले बताएको छ। अर्का उम्मेदवार बिमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईलाई अन्तर्वार्तास्थलमा नदेखिएको उपस्थित एक उम्मेदवारले जनाए।

दोस्रो पटक पनि अन्तर्वार्ता रोकिनुले उपस्थित भएका उम्मेदवार आँफै सशंकित भएका छन्। अन्तर्वार्ता दिन पुगेका उम्मेदवारलाई राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको स्वास्थ्यमा समस्या आएकाले अन्तर्वार्ता रोकिएको जानकारी अर्थमन्त्रालयले दिएको स्रोतले जनाएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षअधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको रहेको छ। सो समितिले अर्को सूचना जारी नभएसम्मका लागि अन्तर्वार्ता स्थगित गरेको जनाएको छ। उम्मेदवारहरुले भने यसमा स्वास्थय समस्या मात्र मुख्य कारण नभइ अन्य कारण पनि हुनसक्ने आशंका व्यक्त गरेका छन्। यसमा ठुलै खेलो हुनसक्ने आशंका व्यक्त गरिएको छ।

धितोपत्र बोर्ड गत पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ। अर्थमन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बराललाई अध्यक्षको जिम्मेवारी दिएर सरकारले काम चलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here