काठमाडौं । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-६ गोबरीस्थित प्रतिक्षालयमा सोही ठाउँ बस्ने ४० वर्षीय राजेश कोहार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
ताप्लेजुङ, मैवाखोला गाउँपालिका-१ तेल्लाबुङ बस्ने ७९ वर्षीया धनमायाँ लुवागुन सोही गाउँपालिका-२ स्थित हात्तिखावा जंगलमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली, दुधौली नगरपालिका-६ ढोडेनी बस्ने ६५ वर्षीया हिरा कुमारी भुजेल सोहीठाउँस्थित बाटो छेउमा बिहीबार मृत अवस्थमा फेला परेकी छिन् ।
मोरङ, केराबारी गाउँपालिका-८ आमजुङिस्थित कृष्ण क्रसरको कम्पाउण्डभित्र खाल्डोमा जमेको पानीमा सोही ठाउँ बस्ने तोयानाथ चौलागाईको छोरा ६ वर्षीय रामचरण चौलागाई र ८ वर्षीय भुपेन्द्र चौलागाई बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















