राष्ट्रिय मातृभूमि पार्टीकाे शुभकामना आदानप्रदान सम्पन्न

49

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले एक भव्य समारोह गरी शुभकामना आदानप्रदान तथा राजनैतिक विषयमा छलफल गरेको छ ।

पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तीत्वहरु समाजसेवीहरु युवा वर्गका अगुवाहरु भ्रष्ट्रचार विरोधी अभियन्ता रमेश खरेल, पार्टीका महासचिव गोविन्द गिरि बरिष्ठ नेता क्याप्टेन केबी लिम्बु लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । पार्टीले पछिल्लो समय भ्रष्ट्रचार विरोधी अभियानहरु तिब्र रुपमा अगाडी बढाइरहेको छ ।

चियापान सहितको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका अध्यक्ष, महासचिव तथा बरिष्ठ नेताले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा नेताहरुले हाम्रो मुलुकलाई विकसित मुलुकको रुपमा लैजाने सबै भन्दा ठूलो बाधक नै भ्रष्ट्रचार हो भन्ने विषयलाई जोड दिएका थिए । यो मुलुकमा ठूला दलका शीर्ष नेताहरुको श्रोत नखुलेको सम्पत्ती छानविन गरी राष्ट्रियकरण गर्ने हो भने १० वर्षलाई मुलुकको बजेट बन्छ भन्ने ठहर राष्ट्रिय मातृभूमि पार्टीको रहेको भनाई पार्टीका बरिष्ठ नेता क्याप्टेन केबी लिम्बुको थियो ।

कार्यक्रममा नेता लिम्बुले भ्रष्ट्रचारीलाई मृत्युदण्डको सजाय व्यवस्था गर्नुपर्ने र राष्ट्रिय मातृभूमि पार्टी सत्तामा गएको दिन भ्रष्ट्रचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरेरै छाड्ने अठोट समेत व्यक्त गर्नु भयो । ३४÷ ३५ वर्षसम्म पनि सत्तामा बसेर मुलुक र जनताको लागि बर्बादीबाहेक केही पनि नगरेका दल र तीनका नेतालाई विश्राम गर्नुको विकल्प नभएको नेता लिम्बुको जिकिर थियो ।

सानोबाट नै ठूलो हुने यी भ्रष्ट्रहरुको विरुद्धमा राष्ट्रिय मातृभूमि पार्टीले देश व्यापी अभियान चलाएर यिनीहरुको भन्डाफोर गरेरै छाडने पार्टीका अध्यक्ष, महासचिव लगायतका नेताहरुको उद्घोष थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here