देशभर ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना

37

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार देशभर जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उपनिर्वाचन कार्यतालिका बमोजिम ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय गरी जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालय सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा स्थापना भएका छन्।

उहाँले कार्यालय स्थापना पश्चात् मंसिर २ देखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने बताउनुभयो।

उहाँका अनुसार मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य सुरु हुनेछ। मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छन्।

मंसिर १६ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here