काठमाडौंमा दुर्गा प्रसाईंका समर्थकहरूकाे प्रदर्शन

49

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा सर्वोच्च अदालतमा पेसी चढेसँगै उनका समर्थकहरू माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले उनको रिहाइको मागसमेत गरेका छन्। उनीहरूले ‘दुर्गा प्रसाईंको जीवन रक्षा गर, कम्बोडियाको कालो धन छानबिन गर, मानअधिकारको रक्षा गर’लगायत नारा लेखिएको ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा उनलाई मंसिर ४ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here