सन्दीप लामिछानेले क्रिकेट करिअरबाट सन्यास लिने संकेत

52

लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल तातेको छ।

सन्दीपले सामाजिक सञ्जालमा पोस्ट राख्दै नेपालका समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन्। उनले लेखेका छन्- सबैजनालाई यो सबै कुराको लागि धन्यवाद। यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ। यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ।

सामाजिक सञ्जालमा उनको उक्त पोस्ट पछि धेरै समर्थकहरुले सन्दीपले नेपालबाट सन्यास लिएर अर्को कुनै देश बाट क्रिकेट खेल्न लागेको शंका पनि व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here