काठमाडौं । नेपालका क्रिकेटरद्वय सोमपाल कामी र करण केसीले भारतको प्रयागराजस्थित महाकुम्भ मेलामा स्नान गरेका छन् ।
यसको जानकारी सोमपालले सोमबार सामाजिक सञ्जालमार्फत् दिएका हुन् । तस्वीरमा दुवै क्रिकेटर स्नानपछि नमस्कार गरिरहेको अवस्थामा छन् ।
प्रयागराजमा जारी महाकुम्भ मेलामा थुप्रै नेपाली सहभागी भइरहेका छन् । त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागिरहेको छ ।
उत्तर प्रदेश सरकारले महाकुम्भ सन् २०२५ मा आइतबार करिब ८४ लाख २९ हजार भक्तजनले स्नान गरेको जनाएको छ ।


















