तराई मधेस जागरण अभियान सुरू

56

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान सुरू भएको छ।

सोमबार झापाको कचनकवलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको उद्घाटन गरेका छन्।

अभियानको उद्घाट कार्यक्रममा अध्यक्षसहित सबै पदाधिकारीहरू झापा पुगेका थिए।लसोमबार बिहानै अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरूले त्यहाँका स्थानीयसँग भेटघाट गरेका थिए। उनीहरूले स्थानीयकै घरमा बिहानको खाना खाएर कार्यक्रममा सरिक भएका थिए।   झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरे।

झापाबाट सुरु भएको अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुनेछ । अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका  सम्पूर्ण नेता कार्यकर्ता परिचालित हुने छ्न्।

केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छ्न।गत पुस २१-२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो।

यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम् जागरण अभियान सञ्चालन हुने छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here