विज्ञप्ति मार्फत भूकम्पबाट मानवीय क्षति नभएको जानकारी गराइयाे

57

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक भूकम्पको क्षति विवरणबारे विज्ञप्तिमार्फत जानकारी गराएको छ।  भूकम्पबाट मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ।

प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएको र उपचारपछि उनी डिस्चार्ज भएको विज्ञप्तिमा उल्लेख छ।  इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ। भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ।

जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा टोली बाहिर परिचालन गरिएको र अनुगमन कार्य भइरहेको कार्यालयले जानकारी दिएको छ।

हाल जिल्लाको अवस्था तथा जनजीवन सामान्य रहे पनि भूकम्पको असरले विभिन्न स्थानहरूमा सुख्खा पहिरो, सडक माथिबाट ढुङ्गा खस्ने जस्ता जोखिम हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो।

विज्ञप्ति :

cdo_dkQ9oAHZxC-1740718192.jpg

यो पनि पढ्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here